एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणको सूचना प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको अधिकांश सूचकमा गिरावट देखिएको छ। यसअवधिमा बैंकको खराब कर्जा ०.५९ प्रतिशतबाट बढेर १.३७ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९८ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ४२.४९ प्रतिशत ले घटेर चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा १ अर्ब १ करोड ३ लाख ८३ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । पछिल्लो तीन महिनामा बैंकको निक्षेप १६.७९ प्रतिशत बढेको छ भने कर्जा १२.३५ प्रतिशत बढेको छ।
Published by NIC Asia Bank on 2080-7-17