लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणको सूचना प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले १० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६ करोड १० लाख रुपैयाँ र प्रतिशेयर वितरणयोग्य मुनाफा ४ रुपैयाँ ९० पैसा रहेको छ । पहिलो त्रैमाससम्ममा बैंकको खराब कर्जा १.७२ प्रतिशतबाट बढेर ४.६९ प्रतिशत पुगेको छ ।
Published by Laxmi Sunrise Bank on 2080-7-17
View More by Laxmi Sunrise Bank