• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

ग्लोबल आइएमई बैंकको खुद नाफा १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ - Q1 Report -

ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणको सूचना प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.०४ प्रतिशत बढेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको खुद नाफा १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १८ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ र प्रतिशेयर वितरणयोग्य मुनाफा ९ रुपैयाँ ९६ पैसा रहेको छ । पहिलो त्रैमाससम्ममा बैंकको कर्जा ०.२७ प्रतिशत र निक्षेप ३.९१ प्रतिशतले बढेको छ भने खराब कर्जा २.१ प्रतिशतबाट बढेर ४.३८ प्रतिशत पुगेको छ ।

ग्लोबल आइएमई बैंकको खुद नाफा १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ - Q1 Report -

Published by Global IME Bank on 2080-7-17



View More by Global IME Bank

  • Laxmi Sunrise Bank Ad