Download Print

एनएमबि बैंकको नाफा सामान्य बढ्यो, बैंकल खुद नाफा ९६ करोड ३२ लाख रुपैयाँ - Q1 Report -

एनएमबि बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणको सूचना सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५३ प्रतिशत बढेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ९६ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९० करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

पछिल्लो तीन महिनामा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ४५ लाख रुपैयाँ र प्रतिशेयर वितरणयोग्य मुनाफा १ रुपैयाँ ४८ पैसा रहेको छ। बैंकको कर्जा १.९१ प्रतिशत बढेको छ भने निक्षेप ४.०९ प्रतिशत घटेको छ । बैंकको खराब कर्जा १.९ प्रतिशतबाट बढेर २.८४ प्रतिशत पुगेको छ ।

एनएमबि बैंकको नाफा सामान्य बढ्यो, बैंकल खुद नाफा ९६ करोड ३२ लाख रुपैयाँ - Q1 Report -

Published by NMB Bank Limited on 2080-7-17



View More by NMB Bank Limited