भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले आज अर्थात् कात्तिक १६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको सूचना प्रकाशित गरेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट गरी बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता शेयर सहित गरी कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको जनाएको छ । उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने कम्पनीले सूचनामा उल्लेख गरेको छ । सो आइपिओमा अधिकतममा ३ लाख ८० हजार कित्ता शेयरका लागि छिटोमा कात्तिक २० गते र ढिलोमा मंसिर १ गतेसम्म आवेदन दिन सकिने कम्पनीले सूचीत गरेको छ ।
Published by Muktinath Capital on 2080-7-16
View More by Muktinath Capital