• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको सम्बन्धी सूचना

कुमारी बैंकले ऋणपत्रमा आवेदन दिने म्याद थप गरी कात्तिक १६ गतेसम्म पुर्याएको छ। १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदर पाइने ऋणपत्रलाई बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको सुचनामा उल्लेख गरेको छ । सोमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने बैंकले सूचनामा उल्लेख गरेको छ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको बैंकले सूचित गरेको छ।
 

कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको सम्बन्धी सूचना

Published by Kumari Bank Ltd (KBL) on 2080-7-12



View More by Kumari Bank Ltd (KBL)

  • Laxmi Sunrise Bank Ad