कुमारी बैंकले कात्तिक दुई गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ निष्काशन गर्न लागेको जनाएको छ ।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका पाँच अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको सूचनामा उल्लेख गरेको छ। सोमध्ये ६० प्रतिशत अर्थात तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने र बाँकी ४० प्रतिशत अर्थात दुई अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ।
सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये पाँच प्रतिशत अर्थात एक लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा पाँच लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा कात्तिक १२ गते र ढिलोमा कात्तिक १६ गते हुने सूचनामा उल्लेख गरिएको छ ।
Published by Kumari Bank Ltd (KBL) on 2080-6-23
View More by Kumari Bank Ltd (KBL)