माथिल्लो मैलुङ खोला जलविद्युतले असोज १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अर्थात् असोज २२ गते सोमबार अन्तिम दिन रहेको जनाएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरी बाँकी रहेको ९ हजार २०० कित्ता शेयर सहित कुल १२ लाख ८४ हजार २०० कित्ता शेयर सर्वसाधारणमा बिक्री गरेको थियो ।
Published by Sanima Capital on 2080-6-22