• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

चिरख्वा हाइड्रोपावरले असोज २३ गतेदेखि आईपीओ निष्काशन गर्नेसम्बन्धी सूचना

चिरख्वा हाइड्रोपावरले असोज २३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। हाइड्रोपावरले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका आठ लाख ५९ हजार ३०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको शेयर सहित सर्वसाधारणका लागि बिक्री गर्न लागेको सूचनामा उल्लेख गरेको छ ।

हाइड्रोपावरले पहिलो चरणमा स्थानिय बासिन्दाहरुका लागि पहिलो चरणमा स्थानिय चार लाख कित्ता निष्काशन गरेको थियो। जसमध्ये २ लाख ४ हजार ७०० कित्ता मात्र बाँडफाँट भएको कम्पनीले जनाएको छ। पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ८० हजार कित्ता, कर्मचारीहरुका लागि १६ हजार कित्ता तथा सामूहिक लगानी कोषहरुका लागि ४० हजार कित्ता निष्काशन गरी बाँडफाँट गरिसकेको जनाएको छ ।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सकिने सूचनामा उल्लेख छ। निष्काशन बन्द छिटोमा असोज २६ गते र ढिलोमा कार्तिक ३ गतेसम्म लम्बिने कम्पनीले सूचनामा उल्लेख गरेको छ।

चिरख्वा हाइड्रोपावरले असोज २३ गतेदेखि आईपीओ निष्काशन गर्नेसम्बन्धी सूचना

Published by RBB Merchant Banking on 2080-6-12



View More by RBB Merchant Banking

  • Laxmi Sunrise Bank Ad