हाथवे इन्भेष्टमेन्टले प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले आईपीओ आज अर्थात भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने सूचना सार्वजनिक गरेको छ । कम्पनीले १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको जनाएको छ ।
उक्त आईपीओमा न्यूनतम २० कित्तादेखि अधिकतममा २० अंकको गुणाङ्कमा १ लाख कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। सर्वसाधारण लगानीकर्ताले कम्पनीको आईपीओमा छिटोमा भदौ २५ गते पूर्ण आवेदन नपरेमा ढिलोमा ४ गतेसम्म आवदन दिन सक्नेछन ।
Published by Global IME Capital on 2080-5-21
View More by Global IME Capital