हाथवे इन्भेष्टमेन्टले भदौ २१ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले आईपीओ निष्काशन गर्ने सूचना प्रकाशित गरेको छ । कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र सामूहिक लगानी कोषका लागि शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
कम्पनीले १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता शेयर का लागि निष्काशन गर्न लागेको हो । उक्त आईपीओमा सर्वसाधारणले न्यूनतम २० कित्तादेखि अधिकतममा २० अंकको गुणाङ्कमा १ लाख कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ छ। आईपीओमा आवेदन दिने दिन छिटोमा भदौ २५ गतेसम्म अवधिभित्र पूर्ण आवेदन नपरेमा ढिलोमा असोज ४ गतेसम्म लम्बिने कम्पनीले सूचीत गरेको छ ।
Published by Global IME Capital on 2080-5-11
View More by Global IME Capital