• KBL

Download Print

भिजन लुम्बिनी उर्जाले भदौ १९ गतेदेखि IPO निष्काशन गर्नेबारे सूचना

भिजन लुम्बिनी उर्जाले भदौ १९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको सूचना प्रकाशित गरेको छ । कम्पनीले १९ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १९ लाख १२ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको जनाएको छ । उक्त आइपिओको लागि कास्की जिल्लाका माछापुच्छ्रे गाउँपालिकाको वडा नं. १, २, ३, ४ र पोखरा महानगर पालिका वडा नं. १९ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । त्यस्तै प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ९१ हजार २५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको कम्पनीले जनाएको छ ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा ३ लाख ८० हजार कित्ताका लागि छिटोमा असोज २ गते र ढिलोमा असोज १७ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा १९ हजार १२० हजार कित्ता शेयरका लागि असोज २ गतेभित्र आवेदन दिनु पर्ने कम्पनीले जनाएको छ ।

भिजन लुम्बिनी उर्जाले भदौ १९ गतेदेखि IPO निष्काशन गर्नेबारे सूचना

Published by Muktinath Capital on 2080-5-10



View More by Muktinath Capital

  • Laxmi Sunrise Bank Ad