भगवती हाइड्रोपावरले आज अर्थात भदौ ५ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गरेको छ। कम्पनीले सर्वसाधारणका लागि प्रिमियममा आईपीओ निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । यस अघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकिएको छ ।
कम्पनीले तिशेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता कुल ११६ रुपैयाँमा सर्वसाधारणका लागि ७ लाख १२ हजार २२० कित्ता शेयर निष्काशन गरेको जनाएको छ । उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा पाँच हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । निष्काशन बन्द छिटोमा भदौ ८ गते र ढिलोमा भदौ १९ गते हुने कम्पनीले सूचनामा उल्लेख गरेको छ ।
Published by Siddhartha Capital Ltd on 2080-5-05
View More by Siddhartha Capital Ltd