राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १४ करोड ६४ लाख रुपैयाँ घाटामा गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २२ करोड ७२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।
बैंकको खराब कर्जा २.०६ प्रतिशतबाट बढेर ७.९५ प्रतिशत पुगेको छ । खराब कर्जा करिब २८५.९२% ले बढेसँगै जोखिम व्यवस्थापनका लागि रकम छुट्याउनु पर्दा बैंकको नाफा प्रभावित भएको देखिन्छ। यद्यपि कुनै पनि बैंकमा पाँच प्रतिशतभन्दा बढी खराबकर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ । यसले ऋणको गुणस्तरीयतासँगै व्यवस्थापनको अवस्था पनि प्रश्न चिन्ह खडा गर्ने गर्दछ । खराब कर्जाले बैंकको छविलाई नै गिराउने काम गर्दछ । खराब कर्जा बढेर समस्याग्रस्त अवस्थामा पुगेको बैंकलाई ग्राहकले विश्वास वा भरोसा कम गर्ने गर्दछन् ।
बैंकले व्यक्तिगत नाता सम्बन्ध वा चिनेजानेको नजिकको मान्छेको भरमा कर्जा पास गराउने, कमिसनको लोभमा अनउत्पादनमूलक क्षेत्रमा लगानी गर्ने गर्दा बैंकको खराब कर्जा बढ्ने स्थिति आइपर्ने गर्दछ । यसरी हचुवाको भरमा आर्थिक प्रलोभनान परी लगानी गर्न लागेको क्षेत्रको अध्ययन नगरी गरिने लगानीले जोखिम बढी हुने गर्दछ । यसले गर्दा बैंकप्रति सर्वसाधारणको विश्वास घट्दै जाने, कारोबार कम हुन गई व्यवसायमा उल्लेख्य ह्रास आउने र बैंक नै समस्याग्रस्त हुने सम्भावना रहन्छ ।
Published by National Cooperative Bank on
View More by National Cooperative Bank