भगवती हाइड्रोपावरले भदौ ५ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने सूचना जारी गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि प्रिमियममा आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता कुल ११६ रुपैयाँ सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। सर्वसाधारणले ७ लाख १२ हजार २२० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ सूचनामा उल्लेख गरिएको छ। निष्काशन बन्द छिटोमा भदौ ८ गते र ढिलोमा भदौ १९ गते हुने कम्पनीले जनाएको छ ।
Published by Siddhartha Capital Ltd on 2080-4-29
View More by Siddhartha Capital Ltd