नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६९ प्रतिशत बढी खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ३६ अर्ब ६२ करोड ८० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क ३४ अर्ब ९८ करोड ८२ लाख रुपैयाँ थियो।
गत आर्थिक वर्षमा इन्स्योरेन्सले ६७ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ छ। असार मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ८ रुपैयाँ २२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ८४ पैसा रहेको छ। त्यसैगरी, इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ९०.५५ गुणा रहेको सूचनामा उल्लेख गरिएको छ ।
Published by Nepal Life Insurance on 2080-4-28
View More by Nepal Life Insurance