• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

ग्लोबल आइएमई लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड २१ लाख रुपैयाँ - Q4 Report -

ग्लोबल आइएमई लभुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १२ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६ करोड २१ लाख रहेको छ। विवरण अनुसार बैंकको प्रतिशेयर ८ रुपैयाँ २७ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता ८।२७ प्रतिशत रहेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी (EPS) रु. २०.८१, मूल्य आम्दानी अनुपात (PE Ratio) ५०.९९ प्रतिशत, प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ ४३ पैसा र तरलता अनुपात १५.६१ प्रतिशत रहेको छ ।  त्यस्तै बैंकको खराब कर्जा १.६४ प्रतिशतबाट बढेर ४.३० प्रतिशतमा पुगेको छ । 

ग्लोबल आइएमई लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड २१ लाख रुपैयाँ - Q4 Report -

Published by Global IME Laghubitta on 2080-4-26



View More by Global IME Laghubitta

  • Laxmi Sunrise Bank Ad