• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

गरिमा विकास बैंकको खुद नाफा १ अर्ब २१ करोड ७३ लाख रुपैयाँ - Q4 Report -

गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब २१ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.१९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५५ करोड ७२ लाख रहेको छ। विवरण अनुसार बैंकको प्रतिशेयर १० रुपैयाँ ७४ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता १०.७४ प्रतिशत रहेको छ। गरिमाको निक्षेप संकलन १२.५०% र कर्जा लगानी ७.२०% ले बढेको छ । यसको प्रतिसेयर आम्दानी ९८ पैसाले बढेर २३ रुपैयाँ ४७ पैसा कायम भएको छ। बैंकको खराब कर्जा बढेर १.५५ प्रतिशतमा पुगेको छ। 

Financial Ratios Q4 Report (FY 2079/80) Q4 Report (FY 2078/79)
Distributable Profit 557,271,544 584,442,111
Earning Per Share Rs. 23.47 Rs. 23.07
P/E Ratio 17.26 16.78
Net Worth Per Share Rs.149.50 Rs.144.57
Total Assets Per Shre Rs.1,718.78 Rs.1,742.90
Liquidity 27.43% 24.18%
गरिमा विकास बैंकको खुद नाफा १ अर्ब २१ करोड ७३ लाख रुपैयाँ - Q4 Report -

Published by Garima Bikas Bank on 2080-4-21



View More by Garima Bikas Bank

  • Laxmi Sunrise Bank Ad