मितेरी डेभलपमेण्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १६ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १४ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १४ करोड ३ लाख रहेको छ। विवरण अनुसार बैंकको प्रतिशेयर १३ रुपैयाँ ८३ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता १३.८३ प्रतिशत रहेको सूचनामा उल्लेख गरिएको छ।
Published by Miteri Dev. Bank on 2080-4-20