Download Print

अपि पावरले साउन ३१ गतेदेखि ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धी सूचना

अपि पावर कम्पनी लिमिटेडले साउन ३१ गतेदेखि चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने सूचना प्रकाशित गरेको छ। कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्काशन गर्ने सूचनामा उल्लेख गरेको छ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २२ गते बुकक्लोज गरेको थियो। यस अनुसार असार २१ गतेसम्म नेप्सेमा कारोबार भर्ई कायम शेयरधनीहरुले भदौ १९ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।

अपि पावरले साउन ३१ गतेदेखि ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धी सूचना

Published by Muktinath Capital on 2080-4-14



View More by Muktinath Capital