Download Print

नेपाल एसबिआई बैंकले साउन १८ गतेदेखि ऋणपत्र निष्काशन गर्नेबारे सूचना

नेपाल एसबिआई बैंकले साउन १८ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने सूचना प्रकाशित छ। बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा “९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९” निष्काशन गर्न लागेको सूचनामा उल्लेख गरेको छ ।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका दुई अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने र बाँकी रहेको ४० प्रतिशत अर्थात ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने जनाएको छ। 

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ८ लाख कित्ताका लागि आवेदन दिन सकिने छ ।

नेपाल एसबिआई बैंकले साउन १८ गतेदेखि ऋणपत्र निष्काशन गर्नेबारे सूचना

Published by Nepal SBI Bank on 2080-4-10



View More by Nepal SBI Bank