सानिमा बैंकले छात्रवत्तिका लागि नयाँ आवेदन खुलाएको छ । विगत दश वर्षदेखि काठमाडौँ र उपत्यका बाहिर रहेका प्रत्येक शाखाहरुबाट दुई–दुई जना विद्यार्थीहरुलाई विद्यार्थीकै रोजाइको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति अर्थात शैक्षिक संस्थामा लाग्ने शुल्कहरु तथा शैक्षिक सामाग्रीहरुको अतिरिक्त मासिक रु. २०००/- प्रदान गर्नै आइरहेको बैंकले जनाएको छ ।
सोहि छात्रवृत्तिलाई निरन्तरता दिदै बैंकले माध्यमिक तह कक्षा ११ र १२ अध्ययन गर्नका लागि काठमाडौँ उपत्यका बाहिरका यस बैंकका शाखा कार्यालयहरु रहेका स्थानका स्थायी बासिन्दाहरु मध्येबाट २०७९ सालमा सञ्चालित एस.ई.ई. परीक्षा उत्र्तीण गर्ने गरिब तथा विपन्न परिवारका विद्यार्थीहरु मध्यबाट आवेदन दिन भन्दै बैंकले सूचना प्रकाशित गरेको छ ।
छात्रवृत्तिको रकम प्रति वर्ष प्रति विद्यार्थी रु. ५०,०००/- सम्मको हुने बैंकले जनाएको छ । जसमा मासिक खर्चका लागि बैंकले प्रति महिना रु. २,०००/- नगत वृत्ति समावेश गर्ने जनाएको छ । छात्रवृत्तिका लागि आवेदन फारम भर्ने दिन भदौ ३१ गते सम्म मात्र रहेको बैंकले जनाएको छ ।
* छात्रवृत्ति सम्बन्धी थप जानकारीका लागि तलको सूचना हेर्नुहोला ।
Published by Sanima Bank Limited on 2080-4-04
View More by Sanima Bank Limited