माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आज अर्थात साउन ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने सूचना प्रकाशित गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको सूचनामा उल्लेख गरेको छ ।
उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा साउन १८ गते हुनेछ भने ढिलोमा भदौ १ गते हुने सूचनामा उल्लेख गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन १८ गतेभित्र आवेदन दिनु पर्नेछ।
Published by Sanima Capital on 2080-4-04