भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज अर्थात असार २४ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रिमियममा आईपीओ निष्काशन गर्न लागेको हो।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा साउन ७ गते हुनेछ भने ढिलोमा साउन २२ गते हुनेछ।
Published by Siddhartha Capital Ltd on 2080-3-24
View More by Siddhartha Capital Ltd