सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियमा आईपीओ निष्काशन गर्ने सूचना प्रकाशित गरेको छ । इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको सूचनामा उल्ल्लेख गरीएको छ ।
इन्स्योरेन्सको शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ११ लाख २५ हजार कित्ताका लागि असार ३१ गतेदेखि साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले इन्स्योरेन्सको वित्तीय दायित्व तोकिएको समयअवधिमा नै पुरा गर्ने सम्बन्धमा मध्यमरुपमा सुरक्षित रहेको संकेत गर्दछ।
Published by Citizen Life Insurance on 2080-3-22
View More by Citizen Life Insurance