• MBL - below notice
  • NABIL Bank Ads

Download Print

आईएमई लाइफ इन्स्योरेन्सको IPO मा आजदेखि आवेदन दिन सकिने सम्बन्धी सूचना

आईएमई लाइफ इन्स्योरेन्सले आज अर्थात असार २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिशेयर कुल २३६ रुपैयाँ ९१ पैसामा शेयर निष्काशन गर्न लागेको सूचना प्रकाशित गरेको छ ।

इन्स्योरेन्सले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो। सो मध्य सर्वसाधारण लगानीकर्ताले ९६ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

सर्वसाधारण लगानीकर्ताहरुले असार २५ गतेसम्म आवेदन दिनु पर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि साउन ४ गतेसम्म लम्बिन सक्ने कम्पनीले जनाएको छ। इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

आईएमई लाइफ इन्स्योरेन्सको IPO मा आजदेखि आवेदन दिन सकिने सम्बन्धी सूचना

Published by IME Life Insurance on 2080-3-21



View More by IME Life Insurance

  • Laxmi Sunrise Bank Ad