• MBL - below notice
  • NABIL Bank Ads

Download Print

आईएमई लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन गर्ने सम्बन्धी सूचना

आईएमई लाइफ इन्स्योरेन्सले प्रिमियमा आईपीओ निष्काशन गर्ने सूचना प्रकाशित गरेको छ। इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिशेयर कुल २३६ रुपैयाँ ९१ पैसामा शेयर निष्काशन गर्न लागेको सूचनामा उल्लेख गरेको छ ।

इन्स्योरेन्सले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरिनेछ। त्यसैगरी, निष्काशन गरिने कुल शेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ९६ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

आईएमई लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन गर्ने सम्बन्धी सूचना

Published by IME Life Insurance on 2080-2-26



View More by IME Life Insurance

  • Laxmi Sunrise Bank Ad