• MBL - below notice
  • NABIL Bank Ads

Download Print

नेपाल रिपब्लिक मिडियाको साधारण शेयरको सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला बारे सूचना

नेपाल रिपब्लिक मिडिया लिमिटेडले आज अर्थात जेठ २६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला बारे नयाँ सूचना प्रकाशित गरेको छ । कम्पनीले कर्मचारीहरुका लागि निष्काशन गरेको शेयरमा पूर्ण आवेदन नपरेका कारण बाँडफाँट नभएको ९३ हजार ९६१ कित्ता शेयर सहित गरी कुल ३६ लाख १९ हजार ८९१ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो।

लगानीकर्ताले कम्पनीको आईपीओमा जेठ २६ गतेदेखि ३० गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ८ गतेसम्म रहेको सूचनामा उल्लेख गरिएको छ । साथै उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

नेपाल रिपब्लिक मिडियाको साधारण शेयरको सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला बारे सूचना

Published by Mega Capital Markets on 2080-2-26



View More by Mega Capital Markets

  • Laxmi Sunrise Bank Ad
  • NMB Ad - Notice buttom