लुम्बिनी विकास बैंकले आज अर्थात जेठ १६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्दै गरेको जनाएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा “११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९” निष्काशन गर्न लागेको हो। उक्तऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा जेठ १९ गते हुनेछ भने ढिलोमा जेठ ३० गते हुने सूचनामा उल्लेख गरिएको छ।
Published by Lumbini Bikas Bank on 2080-2-16
View More by Lumbini Bikas Bank