Download Print

जेठ १९ गतेदेखि IPO निष्काशन गर्नेबारे कुथेली बुखरी स्मल हाइड्रोपावरको सूचना

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले जेठ १९ गतेदेखि साधारण शेयर आईपीओ निष्काशन गर्ने सूचना प्रकाशित गरेको छ। कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत अर्थात १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख २१ हजार ८६८ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। सो शेयरमा दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नं. ९ साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडाहरु तथा भिमेश्वर नगरपालिका वडा नं. १ साविकको सुद्रावती गाविसका सम्पूर्ण वडाहरुका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

IPO मा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा असार १ गते हुनेछ भने ढिलोमा असार १७ गते हुने क्यापीटलले जनाएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने असार १ गतेभित्र आवेदन दिनु पर्नेछ।

जेठ १९ गतेदेखि IPO निष्काशन गर्नेबारे कुथेली बुखरी स्मल हाइड्रोपावरको सूचना

Published by NMB Capital Limited on 2080-2-09



View More by NMB Capital Limited