नेपाल रिपब्लिक मिडियाले आफ्नो जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात ४३ करोड ५३ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ लाख ५३ हजार कित्ता शेयर निष्काशन निष्काशन गर्ने सूचनामा उल्लेख गरेको छ। जसमा ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३०० कित्ता शेयर निष्काशन गर्नेछ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ३५ लाख २५ हजार ९३० कित्ता शेयरका लागि आवेदन दिन सक्ने जनाएको छ ।
Published by Mega Capital Markets on 2080-1-21
View More by Mega Capital Markets