• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को इकाईका लागि आवेदन दिने म्याद थप गरिएको सूचना

सिद्धार्थ क्यापिटलले सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम ३ को इकाईका लागि आवेदन दिने म्याद थप गरेको छ। चैत २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सो योजनाको इकाईका लागि अब बैशाख १० गतेसम्म आवेदन दिन सकिने क्यापिटलले सूचना मार्फत जानकारी गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाई निष्काशनमा ल्याएको हो। सोमध्ये न्यूनतम १ करोड ८० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको १० प्रतिशत अर्थात १ करोड २० लाख इकाई कोष प्रबद्र्धक सिद्धार्थ बैंकलाई, ५ प्रतिशत अर्थात ६० लाख इकाई कोष व्यवस्थापक सिद्धार्थ क्यापिटलका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको १० करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को इकाईका लागि आवेदन दिने म्याद थप गरिएको सूचना

Published by Siddhartha Capital Ltd on 2079-12-29



View More by Siddhartha Capital Ltd

  • Laxmi Sunrise Bank Ad