• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

महालक्ष्मी विकास बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने सम्बन्धी सूचना

महालक्ष्मी विकास बैंक लिमिटेडले आज अर्थात चैत २९ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको सूचना प्रकाशित गरेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ निष्काशन गर्न लागेको हो। बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। जसमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको बैंकले सूचना मार्फत जानकारी गरेको छ ।

महालक्ष्मी विकास बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने सम्बन्धी सूचना

Published by Mahalaxmi Bikas Bank on 2079-12-29



View More by Mahalaxmi Bikas Bank

  • Laxmi Sunrise Bank Ad