• KBL
  • Everest Bank Limited (EBL)

Download Print

मोदी ईनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन सम्बन्धी सूचना

मोदी ईनर्जीले फागुन २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले आवेदन दिने आज  अर्थात चैत १६ गते अन्तिम दिन रहेको सूचना मार्फत जानकारी दिएको छ। कम्पनीले जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १० प्रतिशत अर्थात २९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २९ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र पर्वत जिल्ला अन्तर्गत साविकक दुर्लुङ्ग गा.वि.स. हाल कुश्मा नगरपालिका ३, साविक बाजुङ्ग ग.वि.स. हाल मोदी गाउँपालिका ५, साविक देवपुर गा।वि।स। हाल मोदी नगरपालिका २, साविक तिलहर गा।वि।स। हाल मोदी गाउँपालिका ६ र साविक चुवा गा।वि।स। हाल कुश्मा नगरपालिका ८ का स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको जनाएको छ ।

मोदी ईनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन सम्बन्धी सूचना

Published by Sunrise Capital on 2079-12-16



View More by Sunrise Capital

  • Global IME Bank
  • Laxmi Sunrise Bank Ad