सगरमाथा जलविद्युत कम्पनीको चैत ८ गतेदेखि आइपीओ खुल्ला रहने बारे प्रभु क्यापिटलले सूचना जारी गरेको छ । कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशत अर्थात ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई छुट्याएको सूचनामा उल्लेख गरिएको छ । जसमध्ये १० प्रतिशत अर्थात ४ लाख ३६ हजार ८०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको कम्पनीले जनाएको छ । कम्पनीले ५ प्रतिशत अर्थात २ लाख १८ हजार ४०० कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि र ३ प्रतिशत अर्थात १ लाख ३१ हजार ४० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ ।
बाँकी रहको ३५ लाख ८१ हजार ७६० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि बिक्री गर्न लागेको सूचना कम्पनीले प्रकाशित गरेको हो । यसमा चैत्र १२ गतेसम्म आवेदन दिन सकिनेछ सूचनामा उल्लेख गरिएको छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत २२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
Published by Prabhu Capital Limited on 2079-11-30
View More by Prabhu Capital Limited