ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । निष्कासन गरिएको इकाईहरु सबै बिक्री नभएपछि समय थप गरेर फागुन १४ गतेसम्म पुर्याइएको हो । बैंकले माघ २९ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । त्यस्तै, सामूहिक लगानी कोषलाई १ लाख इकाई ऋणपत्र छुट्याएको छ । जसमा ७० हजार इकाईका लागि मात्रै आवेदन परेको थियो ।
Published by Global IME Bank on 2079-11-04