चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा विजय लघुवित्त वित्तीय संस्थाले २ करोड १२ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको भन्दा ६६.७५% ले थोरै हो । गत वर्ष संस्थाले ६ करोड ३९ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यता, खुद ब्याज आम्दानी पनि २६.७८% ले घटेर १३ करोड ५० लाख ३५ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको यसै अवधिमा संस्थाले १८ करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
Published by Vijaya Laghubitta on 2079-11-01
View More by Vijaya Laghubitta