नेप्से ले विजय लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ । लाभांश घोषणा सम्बन्धी सूचना समयमा नदिएको भन्दै नेप्सेले लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो । लघुवित्तको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । तर, लाभांश प्रस्तावको सो सूचना ढिला गरी नेप्सेमा पठाएको भन्दै कम्पनीको कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।
Published by Vijaya Laghubitta on 2079-10-26
View More by Vijaya Laghubitta