• MBL

Download Print

ग्लोबल आइएमई बैंकले माघ २९ गतेबाट ११.२५ प्रतिशत ब्याजदर भएको ऋणपत्र निष्कासन गर्नेबारे सूचना

ग्लोबल आइएमई बैंकले पाँच अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने सूचना जारी गरेको छ । बैंकले उक्त ऋणपत्र प्रतिकित्ता एक हजारका दरले बिक्री गर्न लागेको हो । सोमध्ये ६० प्रतिशत अर्थात तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत र बाँकी ४० प्रतिशत अर्थात दूई अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।  यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । त्यस्तै सामुहिक लगानी कोषलाई १ लाख इकाई ऋणपत्र छुट्याएको थियो । जसमा ७० हजार इकाई लागि मात्रै आवेदन परेको थियो । 

जसमध्य बाँकी रहेको ३० हजार कित्ता सहित १९ लाख ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि १० लाख कित्तासम्मका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।  माघ २९ गतेदेखि  बिक्री सुरुहुने उक्त ऋणपत्रको निष्काशन बन्द हुने दिन छिटोमा फागुन ३ गते  र ढिलोमा फागुन १४ गते रहेको सूचनामा उल्लेख गरीएको छ ।

ग्लोबल आइएमई बैंकले माघ २९ गतेबाट ११.२५ प्रतिशत ब्याजदर भएको ऋणपत्र निष्कासन गर्नेबारे सूचना

Published by Global IME Bank on 2079-10-20



View More by Global IME Bank

  • Everest Bank Limited (EBL)
  • Laxmi Sunrise Bank Ad