• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

एनसीसी बैंकको ‘एनसीसी प्रफुल्ल मुद्दती खाता योजना’ मा निक्षेपकर्ताले १० गुणासम्म रकम पाउने

एनसीसी बैंकको ‘एनसीसी प्रफुल्ल मुद्दती खाता योजना’ मा निक्षेपकर्ताले १० गुणासम्म रकम पाउने

नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ सेवा तथा ग्राहकहरुमाझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त एनसीसी बैंकले ‘एनसीसी प्रफुल्ल मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ ।

यस मुद्दती योजनाअन्तर्गत निक्षेपकर्ताले निक्षेप रकमको १० गुणासम्म रकम पाउने बैंकले जनाएको छ । सीमित अवधिसम्म लागु हुने यो योजनाअन्तर्गत व्यक्तिगत निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिनदेखि २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले ७ वर्ष १ महिना १२ दिनदेखि २४ वर्ष ११ महिना २ दिनसम्म मुद्दती खातामा रकम जम्मा गरेअनुसार दोब्बरदेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् । 

एनसीसी प्रफुल्ल मुद्दती खाता योजनाका विभिन्न विशेषताहरु निम्नानुसार रहेका छन् :

offer

साथै उक्त योजनाअन्तर्गत पहिलो वर्षको लागि रु.५ लाखसम्मको दुर्घटना बिमा र रु. २ लाखसम्मको घातक रोग बिमा सुविधासमेत उपलब्ध रहेको छ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा, १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम बुथहरु सञ्चालन गरेर ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रिय रुपमा सहभागी हुँदै आएको छ ।


Published by NCC Bank on 2079-4-10



View More by NCC Bank

  • Laxmi Sunrise Bank Ad

Check More

No Notices found here