बैंक वित्तीय संस्था विरुद्ध भ्रम छर्ने र कर्मचारीलाई धम्की दिने, दुर्व्यवहार गर्नेहरुलाई कारबाही हुने भएको छ । गत सोमबार जिल्ला प्रशासन कार्यालय बर्दियाले एक विज्ञत्ती जारी गर्दै कथित संघ संस्था वा अभियानको नाममा भ्रमपूर्ण/धम्किपूर्ण अभिव्यक्ति दिनेहरूलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।
बर्दिया जिल्लामा पछिल्ला समय केही समयदेखि कथित संघ संस्था वा अभियानको नाममा भ्रमपूर्ण/धम्किपूर्ण अभिव्यक्ति दिने, कानून विपरितका कार्य गर्ने गराउने, नागरिक, राष्ट्रसेवक कर्मचारी तथा बैंक वित्तीय संस्थाहरु विरुद्ध भ्रम छर्ने र कर्मचारीहरुलाई अपमान गर्ने लुकीछिपी विभिन्न दुव्र्यहार गर्ने प्रयत्न भइरहेको तर्फ जिल्ला सुरक्षा समितिको गम्भिर ध्यानकर्षण भएको एक विज्ञत्ती मार्फत् जनाएको छ ।
केहि समय अघि बर्दिया जिल्लामा कार्यरत कर्मचारीहरुले धम्कि दिने जस्ता गतिविधि विरुद्ध सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन पेश गरेका थिए ।
साथै अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउन र जिल्लामा शान्ति सुरक्षा र सुशासन कायम राख्न प्रतिवद्ध भएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।
Read More:_______
- जग्गाको धितो मूल्याङ्कन कम भयो भनेर बैंकरहरू पक्राउ गर्नु हुँदैन – केसी
- बैंकहरु सुरक्षित छन् र जनताको पैसा सुरक्षित छ – गर्भनर अधिकारी
- कर्जा दुरुपयोगमा बैंकका कर्मचारी पक्राउ भन्ने शिर्षकको समाचारहरुप्रति सिबिफिनको गम्भीर ध्यानाकर्षण
- धितो कम भएकै आधारमा हतकडी लगाउने हो भने ६ महिना भित्र कुनै बैंकर जेल बाहिर हुँदैनन् - ज्ञवाली



