नेपाल बैंकर संघका अध्यक्ष सुनिल केसीले पछिल्लो समय जग्गाको भाउ घटेकोले अहिलेको मूल्यको आधारमा धितोमा राखिएको जग्गाको मूल्यांकन कम भयो भनेर बैंकरहरू पक्राउ गर्न नहुने बताएका छन् । आइतबार भएको अर्थ समितिको छलफलमा केसीले यस्तो बताएका हुन् ।
केही समयअघि प्रवाह भएको ऋणमा अनियमितता भएको भन्दै साबिकको सेञ्चुरी कमर्सियल बैंक हालको प्रभु बैंकका तत्कालीन कर्मचारीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको थियो।
बैंकहरुलाई अन्य सहर २५ रोपनीसम्ममा जग्गा राख्न सक्ने गरी हदबन्दी लगाउँदा समस्या पर्न गएको उनले बताएका छन् । बैंकहरूको काम जग्गाको किनबेच गर्ने नभए पनि कर्जा असुलीको क्रममा किनबेच गर्नुपर्ने उनले बताए ।
त्यस्तै पछिल्लो समय बैंकका कर्मचारीहरू माथि हातपात गर्ने, सडकबाट बैंकिङ क्षेत्र प्रति दबाब दिने जस्ता अवान्छनीय गतिविधिले बढ्दा समस्या बढेको उनले बताएका छन् ।
Read More: ___
धितो कम भएकै आधारमा हतकडी लगाउने हो भने ६ महिना भित्र कुनै बैंकर जेल बाहिर हुँदैनन् - ज्ञवाली
_____
कर्जा दुरुपयोगमा बैंकका कर्मचारी पक्राउ भन्ने शिर्षकको समाचारहरुप्रति सिबिफिनको गम्भीर ध्यानाकर्षण