विश्वमा विद्युतीय भुक्तानीको नेतृत्व गर्ने पाँच प्रमुख फिनटेक प्रवृतिहरु


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
विश्वमा विद्युतीय भुक्तानीको नेतृत्व गर्ने पाँच प्रमुख फिनटेक प्रवृतिहरु

विश्वमा भुक्तानीका नवितम प्रवृतिहरुको विकासहुने क्रम बढ्दो मात्रामा रहेको छ । विशेष गरेर अहिले किन्नुहोस् पछि तिर्नुहोस् (Buy Now, Pay Later -BNPL) देखि क्रिप्टोकरेन्सी सम्म, भुक्तानीको प्रवृतिमा फाइनान्सीयल टेक्नोलोजीसँगै संसार परिवर्तन हुँदैछ गहिराखेको छ । स्वतस्फूर्तरुपमा विश्वव्यापी वित्तीय उद्योगलाई फिनटेकले रुपान्तरण गरिराखेको छ ।

वर्तमान समयमा विश्वका बैंकहरूले आफ्ना वित्तीयसेवाहरु वा विद्युतीय भुक्तानीका माध्याहरुको डिजिटाइजेस्नमा द्रुहोतर गतिमा आफ्ना फिनटेकसेवा वा प्रविधीहरु परिवर्तन गरिराखेका छन् । दिनानुदिन भुक्तानीका विभिन्न डिजिटल मुद्राहरूमा आविष्कार, ब्लकचेन टेक्नोलोजी प्रविधिसँगै एन्टी मनी लान्डरिङ (एएमएल) जस्ता नियमहरूले भुक्तानी प्रवृतिलाई रूपान्तरण गरिराखेका छन् ।

यसका साथसाथै विगत दुई वर्ष यता साइबर अपराधका घटनाहरु पनि बढ्दै जानुले फिनटेक क्षेत्रमा सुरक्षाको चुनौति पनि थपिदै गहेको पाहिन्छ। वर्तमान अवस्थामा विश्वमा विद्युतीय भुक्तानीलाई पुनःआकार दिने वा नेतृत्व गर्ने पाँच प्रमुख फिनटेक प्रवृतिहरु यस्ताछन् ।

१. क्रिप्टोकरेन्सी

एल साल्भाडोरभन्ने देशले बिटकोइनलाई मुख्य मुद्राको रूपमा प्रस्तुत गरिरहेको खबरले विश्व वित्तीय बजारहरूमा एक किसिमको तरङ्ग नै पैदा गरेको अवस्था छ। तर, केवल एक वर्ष पछि, समय द्रुत गतिमा अगाडि बढेको छ, धेरै जसो भुक्तानी कम्पनीहरूको एजेन्डामा डिजिटल मुद्राहरू अगाडि सार्ने गरेका छन्। गत वर्षमा, क्रिप्टोको सम्बन्धमा उल्लेखनीय वृद्धि भएको छ। उदाहरणका लागि, PayPal ले क्लाउडमा आधारीत डिजिटल वालेतसेवा प्रदायक कम्पनी Curv लाई र Nuvei ले Simplex लाई एक्वाईर नै गरी क्रिप्टोकरेन्सी थप सुविधा लन्च गरेको छ ।

डिजिटल बैंकहरू क्लाउडमा आधारीत डिजिटल वालेतसेवा प्रदायक कम्पनी कर्भभन्दा एक कदम अगाडि छन् जसले पहिले नै क्रिप्टो–कम्प्याटिबल भुक्तानी सेवाहरू प्रदान गर्दै आई राखेका पनि छन्। अमेरिकी राष्ट्रपति वाडेनले भुक्तान क्षेत्रमा क्रिप्टोकरेन्सीलाई मूलधारमा ल्याउन सम्बन्धीत प्रशासनलाई यसका अनुसन्धान गर्न भनेको खबरले पनि विश्वबजारमा चर्चामा नै रहेको छ।

२. Software-as-a-Service (SaaS) प्लेटफर्म

आयारिस–अमेरिकन वित्तीय भुक्तानी सेवा प्रदान गर्ने सफ्टवयर कम्पनी स्ट्राइप अहिले विश्वव्यापी रूपमा द्रुत गतिमा अगाडि बढिरहेको फिनटेक भुक्तानी स्टार्टअप हो । साधारण सेयर जारी गर्न लागेको उक्त कम्पनीको अनुमानित मुल्य $95 billion रहेको छ । यसले फिनटेक क्षेत्रमा भुक्तानीमा भएको गतिशिलता बढ्दै गएको संकेत पनि हो।

Shopify / Mindbody जस्ता अनलाइन भुक्तानीहरूका विशाल प्लेटफर्महरू परिवर्तन भई भुक्तानी प्रणालीहरू जसले आफ्ना ग्राहकहरूलाई नयाँ र उदीयमान वित्तीय सेवाहरूको लाभ उठाउन सक्षम बनाउँन सहयोग गरि राखेका छन्। यस्ता धेरै नविनतम प्लेटफर्महरू बनाइएका छन्, जसले राम्रो ग्राहक अनुभवहरू, छिटो उत्पादन डेलिभरी र व्यापार वृद्धिलाई गति प्रदान गरि राखेको छ। कतिपयले कम्पनीहरुले ग्राहकहरुलाई विद्युतीय भुक्तानीको सहजताका लागि थप प्रोत्साहनका रूपमा पेमेन्ट कार्ड र ऋण कार्ड जस्ता नयाँ वित्तीय उत्पादनहरू पनि प्रदान गरिरहेका छन्। यो प्रवृत्तिले २०२३ सम्म अन्य फिनटेक कम्पनीहरुले पनि यसको वृद्धिको गतिलाई निरन्तरता दिन आँकलन गरिएको छ ।

३. “अहिले किन्नुहोस्, पछि तिर्नुहोस्’

आलोचनाको बावजूद “अहिले किन्नुहोस्, पछि तिर्नुहोस्’ भन्ने नाराका साथ अघि बढेका कम्पनीहरुले युवा ग्राहकहरूलाई वित्तीय ऋण लिने चिन्ताको समाधान गर्ने प्रयास गर्दै आएको पाहिन्छ। विश्वबजारमा आजको दिनसम्म पनि प्रयोगकर्ताहरूलाई उनीहरूको भुक्तानीहरू ब्याजरहित किस्ताबन्दी सुविधा प्रदान गर्ने अनलाइन प्रवृत्ति कहिल्यै लोकप्रिय भएको पाहिएको छैन।

आधुनिक क्लाउड–नेटिभ प्लेटफर्मलाई ग्राहकरुको वित्तीय समाधानमा तत्काल पहुँच प्रदान गर्ने युरोपेली संस्था भोडेनोको हालैको सर्वेक्षणले युरोपका खुद्रा विक्रेताहरूले नयाँ इम्बेडेड फाइनान्स अफरहरू अँगाले निकर्ष निकालेको छ । जस अनुसार ५६ प्रतिशत विक्रेताहरूले ब्याजरहित किस्ताबन्दी भुक्तानी सुविधा प्रदान गर्ने अनलाइन सेवाहरु २०२३ सम्ममा लन्च गर्ने उक्त रिपोर्टमा जनाइएको छ।

superapp

वर्तमान अवस्थामा वित्तीय विश्व बजारले पहिले नै BNPL जस्ता सेवाहरू अपनाउने गरेका पनि छन्, जसमा ७४% युरोपेली खुद्रा विक्रेताहरूले पहिले नै चेकआउटमा सेवा प्रदान गर्दै आएका पनि छन्। रिपोर्टहरूका अनुसार इम्बेडेड फाइनान्सले युरोपको खुद्रा र ईकमर्स क्षेत्रमा बलियोरुपमा देखा पर्ने अनुमान गरिएको छ । सर्वेक्षणको अनुसार यहि आउँदो १२ महिनामा करिब ५६% खुद्रा विक्रेताहरूले आफ्नो ३४% प्रस्ताव राख्दा २२% ले इम्बेडेड फाइनान्स अर्थात नयाँ वित्तीय प्रणाली वा अफरमा भाग लिएको पाहिएको छ ।

४. भौतिकरुपमा सम्पर्कविहिन प्रविधि (Contactless Technology) ले भुक्तानीहरूलाई पुनः परिभाषित गर्दैछ

मोबाईल भुक्तानीहरूले मान्छेहरुलाई एकै ठाउँमा भेटेर भौतिकरुपमा पैसा दिने लिन आवश्यक नपर्ने र हाम्रो सामान्य दैनिकिलाई समयको बचतसँग थप सहज बनाएको छ । शुरुमा एप्पल कम्पनीले ट्यापको घोषणा गर्दा सबैलाई किन्नको लागि उत्प्रेरित गरेको थियो र ऊ सफल पनि भयो । साथै, लगानी व्यवस्थापन फर्म बेलार्डको हालैको प्रतिवेदन अनुसार, डिजिटल भुक्तानीको उच्च रूपको विश्वव्यापी रूपमा द्रुत रूपमा अपनाएको नीति पनि यस्तै नै छ। उपभोक्ताहरूले हाल दुई व्यक्ति, कम्पनी जो कोहिलाई पनि भौतिक सम्पर्क बिना सम्पर्करहित भुक्तानीहरूसँग अन्तक्रिया गरिराखेको छ । जस्तो सम्पर्करहित क्रेडिट र डेबिट कार्डहरू, र मोबाइल वालेटहरू (जस्तै उदाहरणका लागि Apple Pay, Google Pay, र Samsung Pay, E-sewa, Khalti) आदी हुन।

अनलाइन बैंकिङ र आधुनिक भुक्तानी प्रक्रियाको परिवर्तनसँगै नगदको निरन्तर कमीले हालैका वर्षहरूमा नगदरहित समाजतर्फको कदमलाई गति दिएको छ। विशेष गरि कोडिड–१९ पछि व्यापारीहरूले सामाजिक दूरीका उपायहरू र सरकारले राखेका स्वास्थ्य दिशानिर्देशहरूलाई सम्मान गर्नका लागि विगत १८ महिनाहरूमा सम्पर्कविहीन भुक्तानीको प्रयोगमा बढोत्तरी भई राखेको छ ।

५. फिन्टेकमा सुपर एपको उदय

“सुपर एप’ भनेको वाणिज्यको संसार भित्रको एउटा एपलाई वर्णन गर्न प्रयोग गरिने शब्द हो जसले सामान्य रूपमा स्वीकृत सेवाभन्दा माथि र बाहिरका सेवाहरू प्रदान गर्ने गर्दछ। समस्याको छिटो समाधान र समयको बचतका लागि फिनटेकमा धेरै विकल्पहरुको खोजी अनुसन्धान गर्ने कार्य बढ्दो मात्रामा छ । दु्रहतर गतिमा अगाडि बढिरहेको डिजिटल रूपान्तरणले अब ग्राहकहरुका लागि उपलब्ध बैंकिङ सुपर एपहरुको संख्यामा वृद्धि हुँदै गएको छ।

superapp

यी सबै भिन्न भिन्न प्रकृतिका प्लेटफर्महरूले आफ्ना ग्राहकहरूलाई पूर्ण–गोलाकार वा धेरै सेवाहरुको अनुभव प्रदान गर्छन् । अर्थात वित्तीय सेवाहरू लिनका लागि ग्राहकले अब एउटै एपबाट नै सबै काम गर्न सक्दछन् । विश्व बजारमा फिनटेकको लागि, यी सुपर एपहरूको वृद्धिले धेरै बचत खाताहरू प्रयोग गर्दा क्रिप्टोकरन्सीमा व्यापार गर्न सक्ने बनाईराखेका छन्। सुपर एपले विभिन्न भुक्तानी समस्या समाधानहरूले पूर्ण भुक्तानी पारदर्शिताका लागि देशका क्रस–बोर्डर भुक्तानी उपकरणहरू, बहु–मुद्रा विकल्पहरू सहित द्रुत र लागत–रहित खाता खोल्ने विकल्पहरू प्रदान गर्ने हुनाले यसको प्रयोग र महत्व दिनानुदिन बढ्दो मात्रामा छ। विश्व फिनटेक बजारमा सुपर एपहरूबाट सेवा प्रदान गर्ने डिजिटल बैंकहरूमा Starling Bank, Revolut, Cashplus, र Monzo रहेका छन्।

  • वित्तीय साक्षरता आर्थिक मासिक पत्रिका (दोस्रो अंक)

__________

सुनको मूल्य कसरी निर्धारण हुन्छ र नेपालमा किन सुनको मूल्य घटबढ भइरहन्छ ?

पैसाको व्यवस्थित बचत गर्ने बानी कसरी निर्माण गर्ने ?

बैंकको लोगो प्रयोग गरी अनलाइन ठगी गर्ने गिरोह सक्रिय, आफूलाई कसरी सुरक्षित राख्ने ?

Pakistan tackles financial instability with an interest rate hike to 20%, the highest in Asia

Nepal's Business Community demands urgent action against high-interest rates

पुनः वितरित सिमबाट बैंकिङ अपराध बढ्नुमा ग्राहक सचेतनाको कमी – बासुकला

डिजिटल वालेटहरु मर्ज गरेर फाइदा छैन: अमित अग्रवाल

वित्तीय साक्षरता : आफ्नो बच्चालाई पैसाको बारेमा आफैँ सिकाउनुहोस्

  • MBL - below news