आफ्नो बच्चालाई पैसाको बारेमा आफैँ सिकाउनुहोस्


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आफ्नो बच्चालाई पैसाको बारेमा आफैँ सिकाउनुहोस्

तपाईंको बच्चालाई खुत्रुकेमा पैसा जम्मा गर्ने बानी लगाउनेदेखि किशोरावस्थासम्म उसको चेकबुकमा सन्तुलन राख्न, पैसाको जिम्मेवारीपूर्वक प्रयोग कसरी गर्ने भनेर सिकाउन तपाईंले गर्न सक्ने धेरै कुराहरू छन्।

सानै उमेरदेखि बच्चाहरू लगातार टेलिभिजन, अनलाइन, युट्युब जस्ता सामाजिक सञ्जालतिर देखिने विज्ञापनहरूद्वारा प्रभावित हुन्छन् जसले उनीहरुलाई विज्ञापनमा देखिएकै सामान किन्न उत्प्रेरित गर्दछ । त्यसैले तपाईंको बच्चालाई चाँडै नै वित्तीय जिम्मेवारीको भावना प्रदान गर्नु निकै आवश्यक हुन्छ। खराब पैसाको बानी र भौतिकवादी झुकावहरू बच्चामा बढ्दै जाँदा पछि गएर किशोरावस्थामा सुधार गर्न गाह्रो पर्दछ ।

तपाईंको बच्चालाई चाँडै नै वित्तीय जिम्मेवारीको भावना प्रदान गर्नु निकै आवश्यक हुन्छ। खराब पैसाको बानी र भौतिकवादी झुकावहरू बच्चामा बढ्दै जाँदा पछि गएर किशोरावस्थामा सुधार गर्न गाह्रो पर्दछ ।

बच्चालाई आमाबाबुसँग पैसाको बारेमा सरल पाठ सिकाउने धेरै अवसरहरू छन्। तपाईंले आफ्नो बच्चालाई बजेट, बचत, कमाइ, खर्च गर्ने, उधारो लिन पैसा र स्रोतहरू बाँडफाँड गर्ने बारे सिकाउन सक्नुहुन्छ। यी पाठहरूले उनीहरूलाई आर्थिक आत्मनिर्भरता प्राप्त गर्न मद्दत गर्नुका साथै उनीहरू उमेर पुगेपछि स्वावलम्बी भई बाँच्न यसले सघाउ पु¥याउँछ।

बच्चालाई हप्ता हप्तामा भत्तास्वरुप पैसा दिने गर्नुहोस् । पैसाको मूल्य प्रदर्शन गर्ने यो सबैभन्दा प्रभावकारी तरिका हुन सक्छ। कामहरू सन्तोषजनक रूपमा गरिसकेपछि समयमै भुक्तान गर्ने बानी सिकाउनुहोस् र तपाईंको बच्चालाई उसको भत्ताको एक भाग बचत गर्न प्रोत्साहन दिनुहोस्। आफ्नो बच्चासँग उसको अनुभवसँग सम्बन्धित सरल भाषामा बचत र खर्च गर्ने बारे कुरा गर्नुहोस्। आफ्नो बच्चालाई छोटो वा दीर्घकालीन लक्ष्यको लागि बचतको मूल्य सिकाउनुहोस्।

बजेट छलफलमा आफ्ना बच्चाहरूलाई समावेश गर्ने, आर्थिक लक्ष्यहरू स्थापना गर्ने, नयाँ कुरा किन्न, स्कूल बिदामा घुम्न जानका लागि बच्चाहरूलाई आमा र बुबासँगै बचत गर्न उत्साहित गर्नुहोस्।

बच्चाहरूलाई जिम्मेवारीपूर्वक पैसा कमाउन र खर्च गर्ने तरिका सिक्नु अत्यावश्यक छ भने अरूलाई पैसा र उपहार दिन, आफ्नो समय र स्रोतहरू बाँडफाँड गर्न र योग्य कारणहरूमा योगदान गर्ने आनन्दको बारेमा सिकाउनु उत्तिकै महत्त्वपूर्ण हुन्छ।

नकारात्मक सन्देशहरूले बालबालिकाहरुमा पैसा र खर्चको सन्तुलन बारे गलत अवधारणा विकसित हुन पुग्दछ । तपाईंको बच्चाको पैसा बचत गर्ने बानीप्रति उत्प्रेरित गर्न भनी डर र तनावपूर्ण युक्तिहरू प्रयोग नगर्नुहोस्। तपाईंको बच्चाले पैसा बचत गर्दा वा दान गर्दा प्रशंसा गर्ने गर्नुहोस् । याद गर्नुहोस् कि बच्चाहरूलाई पैसाको मूल्य सिकाउने धेरै तरिकाहरू छन् तर सबैभन्दा राम्रो तरिका भनेको आर्थिक तवरले जिम्मेवार रोल मोडलको रूपमा राम्रो उदाहरण सेट गर्नु हो। ...

Read More
  • MBL - below news