बैंकहरुको खुद नाफा ११.६७ प्रतिशत बढ्यो, कुन बैंकको नाफा, EPS साथै खराब कर्जा कति पुग्यो ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बैंकहरुको खुद नाफा ११.६७ प्रतिशत बढ्यो, कुन बैंकको नाफा, EPS साथै खराब कर्जा कति पुग्यो ?

हाल सञ्चालनमा रहेका २१ वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९/८० को  तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।  चालु आर्थिक वर्षको तेस्रो त्रेमास सम्ममा पाँच अर्बभन्दा माथी खुद नाफा आर्जन गर्नेमा नबिल बैंक रहेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२.६३ प्रतिशत बढी नाफा कमाउन सफल भएको छ ।

यस अवधिमा ४ अर्बभन्दा बढी खुद नाफा आर्जन गर्नेमा ग्लोबल आइएमई र एनआईसी एशिया बैंक रहेका छन् । ग्लोबल आइएमईले तेस्रो त्रैमाससम्ममा ४ अर्ब ३५ करोड नाफा कमाएको छ भने एनआईसी एशियाको नाफा पनि ४ अर्बभन्दा बढी नाफा कमाएको छ।

त्यस्तै तीन अर्बभन्दा बढि नाफा आर्जन गर्नेमा राष्ट्रय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन् । भने दूई अर्ब भन्दा बढी नाफा आर्जन गर्नेमा ४ वटा वाणिज्य बैंकहरु एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनएमबी बैंक र प्राईम बैंक रहेका छन् । 

हाल सञ्चालनमा रहेका २१ वटा वाणिज्य बैंकमध्ये ११ वटा बैंकले १ अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् । सबैभन्दा कम नाफा भने कृषि विकास बैंकको रहेको छ। सो बैंकले चैत मसान्तसम्ममा १ अर्ब ४ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ।

सबैभन्दा बढी नाफा वृद्धिदर गर्नेमा भने एभरेष्ट बैंकको रहेको छ। बैंकको नाफा समीक्षा अवधिमा ६२.६३ प्रतिशत बढेको छ । त्यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफा ६०.२५ प्रतिशत बढेको छ भने नबिल बैंकको ५२.६३ प्रतिशत बढेको छ। त्यस्तै चालु आर्थिक वर्षको तस्रो त्रैमाससम्ममा ७ वटा वाणिज्य बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा घटेको छ। सबैभन्दा बढी कृषि विकास बैंकको नाफा सबैभन्दा बढी ४५.३६ प्रतिशत घटेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत्र मसान्त सम्ममा वाणिज्य बैंकहरुको खुद नाफा ११.६७ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४३ अर्ब ६१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएका वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४८ अर्ब ७० करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। अर्कोतर्फ सबै वाणिज्य बैंकहरुको खराब कर्जा अर्थात एनपीएल पनि बढेको छ । एद्यपी एनपीएल ५ प्रतिशत भन्दा कम हुनु राम्रो नै मानिन्छ । यसको अर्थ खराब कर्जा अनुपात अनुसार लाभांश वितरण गर्न भने कुनै पनि बैंकलाई कठिनाई नहुने देखिन्छ ।

 

हेर्नुहोस् चैत्र मसान्तसम्म कुन बैंकको खुद नाफा, EPS का साथै खराब कर्जा कति पुग्यो ?

बैंकको नाम

खुद नाफा

इपिएस

निष्कृय कर्जा (खराब कर्जा)

नबिल बैंक लिमिटेड

५ अर्ब ११ करोड ६१ लाख

२५.२१

३.८७%

ग्लोबल आइएमई बैंक लिमिटेड

४ अर्ब ३५ करोड ८२ लाख

१७.०८

३.९६%

एनआइसी एशिया बैंक लिमिटेड

१ अर्ब १ करोड ४९ लाख

४६.७६

०.८५%

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड

३ अर्ब ५७ करोड ६७ लाख

-

३.०७%

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि.

३ अर्ब ४ करोड ६१ लाख

१५.२०

३.९४%

एनएमबि बैंक लिमिटेड

२ अर्ब ६८ करोड २५ लाख

१९.४७

२.९६%

स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड 

२ अर्ब ६१ करोड

३६.९१

०.९%

प्राइम कमर्सियल बैंक लिमिटेड

२ अर्ब ४६ करोड ७५ लाख

१६.९६

३.०६%

एभरेष्ट बैंक लिमिटेड 

२ अर्ब ४६ करोड ६० लाख

३०.७४

०.७%

प्रभु बैंक लिमिटेड

१ अर्ब ९५ करोड ४६ लाख

११.०७

३.४८%

कुमारी बैंक लिमिटेड

१ अर्ब ८२ करोड २ लाख

९.२५

३.९७%

नेपाल एसबीआई बैंक लिमिटेड

१ अर्ब ८० करोड ३२ लाख

२३.७६

०.९७%

नेपाल बैंक लिमिटेड 

१ अर्ब ७८ करोड २३ लाख

१६.१७

४.१६%

हिमालयन बैंक लिमिटेड

१ अर्ब ७३ करोड ८८ लाख

१५.०४

४.५६ %

सानिमा बैंक लिमिटेड

१ अर्ब ७१ करोड १६ लाख

१८.५०

२.२७%

सिद्धार्थ बैंक लिमिटेड

१ अर्ब ४९ करोड १ लाख

१४.२४

३.९५%

माछापुच्छ्रे बैंक लिमिटेड

१ अर्ब ३५ करोड १९ लाख

१७.६

२.३७%

लक्ष्मी बैंक लिमिटेड

१ अर्ब २६ करोड ५३ लाख

१४.६१

१.८२%

सिटिजन्स बैंक इन्टरनेशनल  लि.

१ अर्ब २३ करोड ६० लाख

११.६१

३.९८%

सनराइज बैंक लिमिटेड

१ अर्ब १७ करोड ९ लाख

 १५.४३

३.६२%

कृषि विकास बैंक लिमिटेड

१ अर्ब ४ करोड १० लाख

७.९०

४.३५%

 

हेर्नुहोस् वाणिज्य बैंकहरुको नयाँवर्ष अर्थात वैशाख १ बाट लागु भएको नयाँ ब्याजदर तालिका :

बैंकको नाम

वैशाख १ गतेदेखि लागु हुने बैंकको ब्याजदर तालिका

नबिल बैंक लिमिटेड

नबिल बैंकको नयाँ ब्याजदर सार्वजनीक, हेर्नुहोस् कुन खातामा कति पुग्यो ? 

लक्ष्मी बैंक लिमिटेड

लक्ष्मी बैंकको वैशाख १ गतेदेखि लागुहुने गरी नयाँ ब्याजदर तालिका सार्वजनिक

माछापुच्छ्रे बैंक लिमिटेड

कतिले घट्यो माछापुच्छ्रे बैंकको नयाँ ब्याजदर

कृषि विकास बैंक लिमिटेड

कृषि विकास बैंकको नयाँ वर्षदेखि लागु हुने गरी नयाँ ब्याजदर तालिका सार्वजनिक

सनराइज बैंक लिमिटेड

सनराइज बैंकको वैशाख १ गतेदेखि लागुहुने गरी नयाँ ब्याजदर तालिका सार्वजनिक

नेपाल बैंक लिमिटेड

नेपाल बैंकको नयाँ ब्याजदर सार्वजानिक, कुन खातामा कति पुग्यो ?

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड

नयाँ वर्षदेखि लागु हुने गरी राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर सार्वजानिक, हेर्नुहोस् कुन खातामा कति ?

एनआइसी एशिया बैंक लिमिटेड

एन आई सी एशिया बैंकले पनि सार्वजनिक गर्यो नयाँ ब्याजदर तालिका

एनएमबि बैंक लिमिटेड

NMB Bank को नयाँ ब्याजदर सार्वजनिक, हेर्नुहोस कुन खातामा कति पुग्यो नयाँ ब्याजदर

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि.

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले प्रकाशित गर्यो नयाँ ब्याजदर, हेर्नुहोस् कुन खातामा कति पुग्यो ?

हिमालयन बैंक लिमिटेड

हिमालयन बैंकको नयाँ ब्याजदर तालिका सार्वजनिक सम्बन्धी सूचना

प्रभु बैंक लिमिटेड

प्रभु बैंकको नयाँ वर्षदेखि लागु हुने गरी नयाँ ब्याजदर तालिका सार्वजनिक 

नेपाल एसबीआई बैंक लिमिटेड

नेपाल SBI बैंकको नयाँ ब्याजदर तालिका सम्बन्धी सूचना

सानिमा बैंक लिमिटेड

सानिमा बैंकको नयाँ वर्षदेखि लागु हुने गरी नयाँ ब्याजदर तालिका सार्वजनिक

प्राइम कमर्सियल बैंक लिमिटेड

प्राइम कमर्सियल बैंकको नयाँ ब्याजदर सार्वजानिक, कुन खातामा कति पुग्यो ?

स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ ब्याजदर सार्वजानिक, कुन खातामा कति पुग्यो ?

ग्लोबल आइएमई बैंक लिमिटेड

ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजानिक, कुन खातामा कति पुग्यो ?

एभरेष्ट बैंक लिमिटेड

वैशाख १ गतेदेखि लागुहुने गरी एभरेष्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक

सिद्धार्थ बैंक लिमिटेड

घट्न थाल्यो ब्याजदर, हेर्नुहोस् सिद्धार्थ बैंकको कुन खातामा कति पुग्यो ?

कुमारी बैंक लिमिटेड

कुमारी बैंकको नयाँ ब्याजदर सार्वजानिक, कुन खातामा कति पुग्यो ?

सिटिजन्स बैंक इन्टरनेशनल  लि.

 सिटिजन्स बैंकले पनि सार्वजनिक गर्याे नयाँ ब्याजदर तालिका

  • EBL Ad news