सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५’ अनुसार बैङ्क तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने कर्जामा नेपाल सरकारले ब्याज अनुदान सुविधा उपलब्ध गराउने कर्जा नै सहुलियतपूर्ण कर्जा हो । सहुलियतपूर्ण कर्जा प्राप्त गर्न नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा लघुवित्त वित्तीय संस्थाहरुमा जानु पर्दछ । सहूलियतपूर्ण कर्जा अन्तर्गत ९ किसिमका कर्जा पाइन्छ ।
यस्तो कर्जामध्ये व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा पाँच करोड रूपैयाँसम्म, शिक्षित युवा स्वरोजगार कर्जा सात लाख रूपैयाँसम्म, विदेशबाट फर्केका युवा परियोजना कर्जा दश लाख रूपैयाँसम्म, महिला उद्यमशील कर्जा पन्ध्र लाख रूपैयाँसम्म पाइन्छ । सहुलियतपूर्ण कर्जाको निम्ति नेपाल सरकार, मन्त्री परिषद्ले ‘सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ जारी गरेको छ । कार्यविधिअनुसार बैंक तथा वित्तीय संस्थामार्पmत प्रदान गरिने सहुलियतपूर्ण कर्जाको प्रकार र प्रति ऋणी अधिकतम सीमा देहाय बमोजिम रहेको छः
क. व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा पाँच करोड रूपैयाँसम्म,
ख. शिक्षित युवा स्वरोजगार कर्जा सात लाख रूपैयाँसम्म,
ग. विदेशबाट फर्केका युवा परियोजना कर्जा दश लाख रूपैयाँसम्म,
घ. महिला उद्यमशील कर्जा पन्ध्र लाख रूपैयाँसम्म,
ङ. दलित समुदाय व्यवसाय विकास कर्जा दश लाख रूपैयाँसम्म,
च. उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा पाँच लाख रूपैयाँसम्म,
छ. भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा तीन लाख रूपैयाँसम्म,
ज. कपडा उद्योग सञ्चालनको लागि रू। ५ करोड सम्म,
झ. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिम आदिको लागि रू। २ लाख सम्म,
अ. युवा वर्ग स्वरोजगार कर्जा ५ लाख रूपैयाँ सम्म ।
सहुलियतपूर्ण कर्जा सम्बन्धी अन्य व्यवस्थाहरू
– ब्याज अनुदान दिइने कर्जाको भुक्तानी अवधि बढीमा पाँच वर्षको हुनेछ । यस्तो कर्जाको अवधि व्यवसायको प्रकृतिअनुसार सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुले तोक्न सक्नेछन् ।
– नेपाल सरकारले ब्याज अनुदान उपलब्ध गराउने कर्जामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा दुई प्रतिशत विन्दु भन्दा बढी नहुने गरी ब्याजदर कायम गर्नुपर्नेछ ।
– बैंक तथा बित्तीय संस्थाले दिने कर्जामा निर्धारण गरेको ब्याज दर मध्ये ५ प्रतिशत ब्याजदर अनुदान सुविधा उपलब्ध हुनेछ । महिला उद्यमशीलता कर्जाको हकमा यो अनुदान ६ प्रतिशत उपलब्ध हुनेछ । तर पाँच करोड रूपैयाँ भन्दा बढीकोव्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा २ प्रतिशत मात्र ब्याजदर अनुदान उपलब्ध गराइनेछ ।
– ऋणीले पाउने ब्याज अनुदान सुविधा बाहेक अन्य सम्पूर्ण ब्याज रकम, सुरक्षण शुल्क र बीमा प्रिमियम सम्बन्धित बैंक तथा वित्तीय संस्था, निक्षेप तथा कर्जा सुरक्षण कोष र सम्बन्धित बीमा कम्पनीलाई भुक्तानी गरेपछि मात्र ब्याज अनुदान सुविधाका लागि योग्य मानिनेछ ।
– जुन उद्देश्यको लागि कर्जा लिएको हो सोही उद्देश्यका लागि मात्र कर्जाको उपयोग गर्नुपर्नेछ । सम्बन्धित बैंक तथा वित्तीय संस्थाले अनुगमन गर्दा कर्जा सदुपयोग भएको नपाइएमा ब्याज अनुदान सुविधा उपलब्ध नगराइने र ब्याज अनुदान सुविधा लिइसकेको भए सम्बन्धित ऋणीबाट असूलउपर गरिनेछ ।
Read More ____
पुनरकर्जा के हो ? हेर्नुहोस् नेपाल राष्ट्र बैंकको पुनरकर्जा सम्बन्धी व्यवस्था
वित्तीय साक्षरता र यसको आवश्यकता (Financial Literacy)








