पुनरकर्जा के हो ? हेर्नुहोस् नेपाल राष्ट्र बैंकको पुनरकर्जा सम्बन्धी व्यवस्था


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
पुनरकर्जा के हो ? हेर्नुहोस् नेपाल राष्ट्र बैंकको पुनरकर्जा सम्बन्धी व्यवस्था

बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको सुरक्षणमा नेपाल राष्ट्र बैंकबाट उपलब्ध गराइने कर्जा नै पुनरकर्जा हो । एक व्यक्ति वा व्यवसायले ब्याज दर, भुक्तानी तालिका, र अघिल्लो क्रेडिट सम्झौताको सर्तहरू संशोधन गर्न लिइने कर्जालाई नै पुनरकर्जा भनिन्छ । पुनरकर्जा भन्नाले वित्त पोषण भन्ने बुझीन्छ ।

कुनै विशेष वर्ग, क्षेत्र वा व्यवसायलाई विशेष कर्जा सुविधा प्रदान गरी आर्थिक क्रियाकलापलाई गतिशील बनाउन यस प्रकारको कर्जाको व्यवस्था गरिन्छ । पुनरकर्जा प्राप्त गर्ने ग्राहक ऋणीले बैंक तथावित्तीय संस्थाबाट लिएको कर्जामा पुनरकर्जाको अवधिभर नेपालराष्ट्र बैंकले तोकको दरअनुसारको व्याज मात्र तिरे पुग्छ । नेपालमा ऊर्जा, घरेलु, साना तथा रुग्ण उद्योग, निर्यातजन्य उद्योग, गरिबी निवारणलगायतका क्षेत्रमा पुनर्कर्जाको व्यवस्था गरिँदै आएको स्थिति छ । 

आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा कोभिड–१९ बाट प्रभावित पेसा, उद्यम र व्यवसायको कर्जामा पहुँच अभिवृद्धि गर्दै आर्थिक क्रियाकलाप विस्तारका लागि सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन र देशका दुर्गम स्थानसम्म कर्जा सुविधा सहज गर्ने उद्देश्यले पुनरकर्जासम्बन्धी व्यवस्थामा परिमार्जन गरिएको छ । पुनरकर्जाका लागि उपलब्ध कोषको ५ गुणासम्म पुनरकर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

नेपाल राष्ट्र  बैंकबाट प्रदान गरिने कुल पुनरकर्जामध्ये २० प्रतिशतसम्म ग्राहक अनुसार मूल्याङ्कनका आधारमा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । यसबाहेक ७० प्रतिशतसम्म वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीमार्फत र १० प्रतिशतसम्म लघुवित्त वित्तीय संस्थामार्फत एकमुष्ट रुपमा प्रदान गर्ने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थालाई १ प्रतिशत ब्याजदरमा निर्यातजन्य उद्योग र रूग्ण उद्योग लगायतका तोकिएका क्षेत्रमा विशेष पुनरकर्जा, २ प्रतिशत ब्याजदरमा लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा र ३ प्रतिशत व्याजदरमा तोकिएका क्षेत्रमा साधारण पुनरकर्जा प्रदान गरिनेछ । यस्ता पुनरकर्जामा ऋणीले क्रमशः ३ प्रतिशत, ५ प्रतिशत र ५ प्रतिशत मात्र ब्याज तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट प्रदान गरिने पुनरकर्जामा प्रति ग्राहक लघु, घरेलु तथा साना उद्यम पुनरकर्जाको सीमा रू. १५ लाख, विशेष तथा साधारण पुनरकर्जाको सीमा रू. ५ करोड र ग्राहक अनुसार मूल्याङ्कनका आधारमा प्रदान गरिने साधारण पुनरकर्जाको सीमा रू. २० करोड हुने व्यवस्था मिलाइएको छ ।

 

Read More ____

वित्तीय साक्षरता र यसको आवश्यकता (Financial Literacy)

नेपालको बैंकिङ इतिहास र विकासक्रम (सामान्य जानकारी)

धितोपत्र/ शेयरमा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरू

Read More
  • MBL - below news