वित्तीय साक्षरता र यसको आवश्यकता (Financial Literacy)


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
वित्तीय साक्षरता र यसको आवश्यकता (Financial Literacy)

पछिल्ला वर्षहरुमा विश्व आर्थिक क्षेत्रमा वित्तीय समावेशीकरण र वित्तीय साक्षरताको विषयले ठूलो चर्चा एवम् महत्व पाउन थालेको छ । वित्तीय समावेशीकरणको सामान्य अर्थ सबैका लागि वित्तीय सेवा भन्ने हुन्छ । प्रत्येक नागरिकलाई सुलभ तरिकाले वित्तीय सेवाको पहुँच पुर्याउनु नै वित्तीय समावेशीकरणको अवधारणा एवम् उद्देश्य हो । वित्तीय समावेशीकरणले क्षेत्र, लिङ्ग, वर्ण, जात आदिका आधारमा कुनै भेदभाव नगरी समान रुपमा वित्तीय संस्थाहरुबाट प्रदान गरिने औपचारिक वित्तीय सेवा पुर्याउनुपर्दछ भन्ने दृष्टिकोण राख्दछ । यसैगरी वित्तीय शिक्षाले कुनै पनि व्यक्तिसँग भएको आर्थिक वा वित्तीय स्रोत–साधनको प्रभावकारी एवम् मितव्ययी उपयोग गर्ने ज्ञानसमेत प्रदान गर्दछ ।

हरेक व्यक्तिसँग भएको सीमित स्रोत र साधनको कुशल उपयोगबारे जानकारी दिँदै आयमूलक क्षेत्रमा लगानी गर्ने र त्यसबाट आर्थिक उन्नति गर्ने ज्ञान, सीप र कला प्रदान गर्नु वित्तीय साक्षरताको लक्ष्य हो । वित्तीय साक्षरतालाई वित्तीय चेतना तथा वित्तीय शिक्षा जस्ता नामले पनि बुझ्न सकिन्छ । वित्तीय साक्षरताले पैसाको महत्व बुझ्न र सो अनुसार त्यसको उचित व्यवस्थापन गर्ने शिक्षा प्रदान गर्दछ । पैसाको सदुपयोगबाट आर्थिक तथा सामाजिक सुरक्षा हासिल गर्ने, सीमित साधनको अधिकतम उपयोग गरी असीमित आवश्यकताहरुलाई प्राथमिकताको आधारमा पूरा गर्न व्यवस्थित बजेट बनाउने तरिका सिकाउने तथा सीमित साधनको व्यवस्थित परिचालन र उच्चतम सदुपयोग गर्ने कला, सीप र ज्ञान वित्तीय साक्षरताले प्रदान गर्दछ ।

मानव जीवनका लागि अति आवश्यक पैसा वा धन सम्पत्ति कानुन बमोजिम मात्र आर्जन गर्ने, पैसा खर्च गर्दा मितव्ययी रुपमा बजेट बनाएर आय बमोजिम खर्च गर्ने, आफ्नो आयको केही अंश भविष्यका लागि बचत गर्ने तथा उद्यम व्यवसाय गर्नका लागि कर्जा लिने र विदेशको कमाइ अर्थात् विप्रेषण .... को समुचित र उत्पादनमूलक उपयोग गर्ने ज्ञान तथा सीप वित्तीय चेतनाले प्रदान गर्दछ । यसका साथै, उद्यम व्यवसायमा कहिलेकाहीँ आउन सक्ने जोखिम व्यहोर्न र जोखिम न्यूनीकरण गर्नका लागि बीमा तथा सुरक्षण गर्ने, गैरकानूनी ढङ्गबाट आर्जन गरेको सम्पत्तिले विपत्ति ल्याउँछ भन्ने जस्ता विषयमा आवश्यक न्यूनतम ज्ञान प्रदान गर्ने गर्दछ । वित्तीय चेतनामार्फत् व्यक्ति आफ्नो स्रोत र साधनको उपयोग विषयमा उचित निर्णय गर्न सक्षम हुन्छ । यसबाट निजको र मुलुकको समेत आर्थिक उन्नतिमा सहयोग पुग्दछ ।

विश्वमा अहिले करिव २ अर्ब ५० करोड जनता बैंकिङ तथा वित्तीय सेवाको पहुँचबाहिर रहेको अनुमान गरिएको छ । वित्तीय समावेशीकरणलाई बढावा दिई बढीभन्दा बढी जनतामा बैंकिङ तथा वित्तीय सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले अन्तराष्ट्रिय जगत्मा पनि विभिन्न निकायहरु कार्यरत रहेको तथा यसतर्फको प्रयासमा आफ्नो सार्थक भूमिका निर्वाह गर्नको लागि नेपाल राष्ट्र बैंकले पनि प्रतिबद्धता जनाएको अवस्था छ । त्यसैगरी, विश्वभरका करिव २ अर्ब २० करोड बालबालिकाहरु मध्ये करिव एक अर्ब बाल–बालिकाहरु अहिले पनि निरपेक्ष गरिबीको जोखिममुनि रहेका छन् भने हालसम्म १ प्रतिशतभन्दा कम बालबालिकाहरु मात्र वित्तीय साक्षरता र वित्तीय समावेशीकरणको दायरामा आएका छन् । विश्वभरमा करिव १३ प्रतिशत युवाहरु बेरोजगार रहेका छन् । यस्तो बेरोजगारीको अंश कतिपय मुलुकमा करिव ५० प्रतिशतसम्म रहेको पाइएको छ । १५ देखि २५ वर्ष उमेर समूहका युवाहरु मध्ये करिव ४० प्रतिशतको मात्र बैंक तथा वित्तीय संस्थाहरुमा खाता रहेको पाइएको छ ।

नेपालको सन्दर्भमा यहाँको जनसंख्याको ठूलो भाग अभैm पनि औपचारिक वित्तीय सेवाबाट वञ्चित रहेको देखिन्छ । मुलुकमा अहिले पनि १८ प्रतिशत जति जनसंख्या गरिबीको रेखामुनि रहेको छ र सो जनसंख्यालाई गरिबीबाट मुक्त गराउनु आवश्यक छ । गरिबी तथा बेरोजगारीको यो भयावह स्थिति, वित्तीय सेवाको न्यून पहुँचको अवस्थाबाट मुक्तिको लागि वित्तीय चेतना वा साक्षरता अभियान अपरिहार्य छ । वित्तीय सेवाको माग पक्षमा अर्थपूर्ण सुधार ल्याउन नेपालमा पनि वित्तीय चेतना एवम् साक्षरता कार्यक्रम विस्तार गर्नु अपरिहार्य र महत्वपूर्ण हुन आउँछ । त्यसो त वित्तीय चेतना गरिबहरुलाई गरिबीबाट मुक्ति दिलाउन मात्र आवश्यक छ भन्ने बुझिनु हुँदैन । यो शिक्षा समाजका हरेक व्यक्तिलाई
आवश्यक छ । उचित वित्तीय शिक्षाले मात्र उद्यम व्यवसायका सम्भावित जोखिमबाट बच्न वा जोखिमलाई न्यूनीकरण गर्न सम्भव हुन्छ ।

वित्तीय साक्षरताको सवालमा राष्ट्रका भोलिका कर्णधार आजका बाल–बालिकालाई अहिलेदेखि नै अर्थ तथा वित्त सम्बन्धी असल संस्कार, बानी व्यहोरा एवम् आचरण सिकाउन थालेमा भोलिका दिनमा उनीहरुबाट परिवार, समाज र राष्ट्रले राम्रो प्रतिफल पाउने कुरामा विश्वस्त हुन सकिन्छ । 

वित्तीय साक्षरताको  पहिलो नियम भनेको पैसा कहिले पनि नगुमाउनुस् । दोस्रो नियम भनेको पहिलो नियम कहिल्यैपनि नबिर्सनुस्।

Read More_______

नेपालको बैंकिङ इतिहास र विकासक्रम (सामान्य जानकारी)

धितोपत्र/ शेयरमा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरू

Read More
  • MBL - below news