धितोपत्र/ शेयरमा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरू (सामान्य जानकारी)


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
धितोपत्र/ शेयरमा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरू (सामान्य जानकारी)

१. कम्पनीका संस्थापकहरूको स्थिति
जुन कम्पनीको सेयरमा लगानी गर्न चाहेको हो, सो कम्पनीका संस्थापकहरुको शैक्षिक योग्यता, कम्पनी सञ्चालन सम्बन्धी अनुभव, हाल संलग्न पेसा, व्यवसाय र ती व्यवसायको वित्तीय स्थिति, व्यावसायिक छवि, सामाजिक पहिचान, अन्तर्राष्ट्रिय सम्पर्क जस्ता तथ्यबारे जानकारी लिनुपर्दछ ।

२. कम्पनीको वित्तीय स्थिति
सम्बन्धित कम्पनीको अधिकृत पुँजी, चुक्ता पुँजी, ऋण व्यवस्थापन, मुनाफाको स्थिति, आम्दानीको स्रोत, खुद नाफा÷नोक्सान, प्रति शेयर आम्दानी, सञ्चित नाफा, जगेडा कोषहरु, वास्तविक सम्पत्ति, खर्च व्यवस्थापन, कर्मचारीको उत्पादकत्व जस्ता विभिन्न वित्तीय परिसूचकहरुबारे जानकारी लिनुपर्दछ ।

३. व्यवस्थापन समूह
व्यवस्थापन समूहको र कम्पनीमा कार्यरत कर्मचारीको दक्षता र अनुभव, कार्यसम्पादन स्तर, उनीहरुले विगतमा अन्य कुनै निकायको व्यवस्थापनको जिम्मेवारी लिएको भए त्यसको परिणाम, कार्यरत कर्मचारीले कम्पनीको जागिर छोड्ने दरबारे पनि जानकारी लिनु उपयुक्त हुन्छ ।

४. वस्तु तथा सेवा
कम्पनीले उपलब्ध गराउने वस्तु तथा सेवा र बजारमा तिनको माग तथा आपूर्तिको अवस्था, बिक्री वितरणको स्थिति, दीर्घकालीन माग र बिक्री वितरणको सम्भावना, नयाँ वस्तु तथा सेवा विकासको सम्भावना, सम्भाव्य आर्थिक तथा व्यावसायिक परिवर्तन तथा आर्थिक चक्रमा आफ्नो अस्तित्व बचाई राख्न सक्ने क्षमताका साथै भावी रणनीतिबारे पनि जानकारी लिनु मनासिव हुन्छ ।

 

लगानी गर्दा ध्यान दिनुपर्ने अन्य थप कुराहरु (Investment Guidlines)

१.  सार्वजनिक निष्काशन (Public Issue) भएको समयमा  धतिोपत्र खरीद गर्दाः

- निष्काशनकर्ता कम्पनीको विवरणपत्र अध्ययन गरी कम्पनीको कार्य सम्पादन स्थिति, वित्तीय स्थिति (नेटवर्थ, नाफा नोक्सान स्थिति आदि), व्यवस्थापन पक्ष, जोखिम पक्ष जस्ता महत्वपूर्ण कुराहरुको विश्लेषण गरेर मात्र लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।

- विवरणपत्र लगायत निष्काशनकर्ता कम्पनीसँग सम्बन्धित अन्य अद्यावधिक विवरणहरुका लागि निष्काशनकर्ता कम्पनी, निष्काशन तथा बिक्री प्रबन्धक र तोकिएका दरखास्त संकलन केन्द्रहरुमा सम्पर्क राख्नुहोस् ।

- धितोपत्र खरीदका लागि दरखास्त दिएपछि धितोपत्रको बाँडफाँट, फिर्ता भुक्तानी, प्रमाणपत्र प्राप्ति तथा सूचीकरण सम्बन्धमा सजग रहनुहोस् । ।

- धितोपत्रको निष्काशन मूल्यले सूचीकरण पश्चात धितोपत्र विनिमय बजार (stock exchange) मा कायम हुन जाने मूल्यलाई नजनाउने हुँदा धितोपत्रको बजार मूल्य परिवर्तनको जोखिम प्रति सजग रहनुहोस् ।

 

२. धितोपत्र विनिमय बजारमा सूचीकरण भएका धितोपत्रहरु खरीद र बिक्री गर्दाः

- धितोपत्र बोर्डबाट प्रमाणपत्र प्राप्त गरेका र धितोपत्र विनिमय बजारको सदस्यता लिएका धितोपत्र दलाल (Stock Broker) मार्फतमात्र धितोपत्र खरीद बिक्री गर्नुहोस् ।

- कम्पनीको आवधिक तथा वार्षिक प्रतिवेदनको अध्ययन गरी कम्पनीको कार्य सम्पादन स्थिति, आर्थिक स्थिति, ब्यवस्थापन पक्ष तथा लगानीकर्तालाई प्रदान गरिएको प्रतिफल जस्ता महत्वपूर्ण कुराहरु हेरेर मात्र लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।

- पत्र पत्रिका तथा अन्य सञ्चार माध्यमबाट प्रवाहित गरिने धितोपत्रको दैनिक बजार मूल्य तथा कारोबारका सम्बन्धमा समेत जानकारी राख्ने गर्नुहोस् ।

- कम्पनीसँग सम्बन्धित धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने सम्वेदनशिल सूचनाहरु धितोपत्र विनियमय बजारको सूचना पाटीमा तत्कालै राखिने ब्यवस्था भएको हुँदा त्यस्ता सूचनासम्बन्धी जानकारीका लागि इजाजत प्राप्त धितोपत्र दलालसँग समेत सम्पर्क राख्नुहोस् ।

- धितोपत्र खरीद बिक्री गर्नुअघि ग्राहक खाता राख्नका लागि दलाललाई आवश्यक विवरण उपलब्ध गराउन, आफुले दिएको खरीद बिक्री आदेशको प्रमाण लिन तथा खरीद बिक्री गरेको धितोपत्रको शेयरको हकमा कारोबार भएको दिनपछि ३ कार्य दिनभित्र र बण्ड वा डिवेञ्चरको हकमा कारोबार भएकै दिन कारोबार राफसाफ गरिसक्नुपर्ने ब्यवस्था रहेअनुसार रकमरप्रमाणपत्र बुझ्नरबुझाउन सजग रहनुहोस् ।

- धितोपत्र खरीद बिक्री गर्नुअघि ग्राहक खाता राख्नका लागि दलाललाई आवश्यक विवरण उपलब्ध गराउन, आफुले दिएको खरीद बिक्री आदेशको खरीद गरिएको धितोपत्र आफ्नो नाममा नामसारी नगरी तुरुन्त बिक्री गर्नका लागि धितोपत्र विनिमय बजारमा अभिलेख गराई खाली हस्तान्तरण (Blank Transfer) मा राख्नु भएको छ भने त्यस्तो धितोपत्र कम्पनीको दर्ता किताब बन्द हुनु अघि वा आर्थिक वर्ष समाप्त हुनु अघि आफ्नो नाममा नामसारी गरी प्रमाणपत्र लिएर कम्पनीले घोषणा गर्न सक्ने लाभांश प्राप्त गर्ने अवसर नगुमानुहोस् ।

३. ध्यान दिनुपर्ने अन्य कुराहरुः

- धितोपत्रमा गरिने लगानीको जोखिम तपाई स्वयंले ब्यहोर्नुपर्ने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउबाट मात्र प्रेरित नभई आफ्नो स्वविवेकमा नै लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।

- आफुले शेयर खरीद गरेको कम्पनीको गतिविधिहरु बारे निरन्तर जानकारी राख्न र कम्पनीको साधारण सभामा सहभागी हुन नविर्सनुहोस् ।

- धितोपत्रमा लगानी गर्दा आफ्नो नागरिकता प्रमाणपत्र वा नेपाल सरकारबाट जारी गरिएको आधिकारीक परिचय प्रस्तुत गरी भविष्यमा परिचय सम्बन्धी विवाद आउन नदिन सजग रहनुहोस् ।

- धितोपत्रमा लगानी सम्बन्धी तपाइका जिज्ञासा, शंका वा गुनासाहरु भए धितोपत्र ब्यवसायी, धितोपत्र विनिमय बजार तथा धितोपत्र बोर्डमा सम्पर्क राख्नुहोस् ।

 

शेयर निवेदन भर्दा ध्यान दिनुपर्ने कुराहरू

– एक व्यक्तिले एकभन्दा बढी दरखास्त दिन नहुने ।

– दरखास्तसाथ स्वयम्ले प्रमाणित गरेको नागरिकताको प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्ने ।

– अभिभावकको दस्तखतबाट नाबालकको नाममा पनि दरखास्त दिन सकिने ।

– नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने ।

– आवेदकले गरेको दस्तखत शेयर बिक्री गर्दा गरिने दस्तखतसँग दुरूस्त मिल्नुपर्ने ।

– आवेदकको ठेगाना, बाबु बाजेको नाम, दस्तखत लगायतका विवरणहरु बिर्सने सम्भावना पनि हुने हुँदा फोटोकपि गरेर सुरक्षित अभिलेख राख्न उपयुक्त हुने ।

– बाँडफाँडमा नपरेको शेयरवापतको रकम फिर्ता लिन रकम जम्मा गरेको अर्धकट्टी अनिवार्य रुपमा पेश गर्नुपर्ने हुँदा सुरक्षित राख्नु पर्ने ।

– दरखास्त फारममा आवेदकको बैंक खाता, बैंक÷वित्तीय संस्थाको नाम, ठेगाना तथा खाता नम्बर र हालसालै खिचेको फोटो संलग्न हुनुपर्ने ।

 

डिम्याट खाता के हो र कसरी खोल्ने ?

डिम्याट खाता त्यस्तो विद्युतीय खाता हो जसमा लगानीकर्ताले आफ्नो शेयरलाई विद्युतीय रुपमा राख्न सक्दछ । डिम्याट गर्नु भनेको भौतिक वा कागजी शेयरलाई विद्युतीय रुपमा राख्ने प्रकृया हो ।

– डिपोजीटरी सहभागी (DP) को रुपमा कार्य गर्ने बैंक तथा वित्तीय संस्था वा अन्य शेयर ब्रोक्ररकहाँ जाने र उक्त संस्थाले दिएको फारम भर्ने । आवश्यक कागजात जस्तै नागरिकताको प्रतिलिपि, फोटो बुझाउने । रूजु गर्ने प्रयोजनका लागि साथमा सक्कल कागजात पनि लैजानुपर्दछ ।

– DP ले खाता खोल्दाको नियम र सर्तहरु प्रदान गर्नुका साथै सोका लागि आवश्यक रकमको जानकारी गराउँछ ।

– DP ले दिएको नम्बर र जानकारी ठीक हो कि होइन भनी सम्पर्क गर्दछ र दिएका जानकारीहरु रूजु गर्दछ ।

– निवेदनलाई दर्ता गरिसकेपछि तपाईलाई म्ए ले खाता नम्बर र ग्राहक परिचय नम्बर प्रदान गर्दछ । अव तपाईंले आफ्नो डिम्याट खाता अनलाइनमा चलाउन सक्नुहुन्छ । तर सोका लागि म्ए ले दिएको Username र Password प्रयोग गर्नुपर्दछ ।

 

Read More _____________

नेपालको बैंकिङ इतिहास र विकासक्रम (सामान्य जानकारी)

Read More
  • MBL - below news