बैंकहरुको नाफा तीन अर्ब माथि, EPS, Base Rate र खराब कर्जाको साथै कर्जामा अधिकतम ब्याजदर कति ?


बैंकहरुको नाफा तीन अर्ब माथि,  EPS, Base Rate र खराब कर्जाको साथै कर्जामा अधिकतम ब्याजदर कति ?

वाणिज्य बैंकहरुले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।  चालु आर्थिक वर्षको दोस्रो त्रेमास सम्ममा तीन अर्बभन्दा माथी खुद नाफा आर्जन गर्नेमा नबिल बैंक र एनआइसी एशिया बैंक रहेका छन् । यस अवधिमा २ अर्बभन्दा बढी खुद नाफा आर्जन गर्नेमा ग्लोबल आइएमई र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । त्यस्तै एक अर्ब भन्दा बढि नाफा आर्जन गर्नेमा ११ वटा र एक अर्ब भन्दा कम नाफा आर्जन गर्नेमा ४ वटा वाणिज्य बैंक रहेका छन् । घाटा व्यहोर्ने बैंकको सूचिमा कृषि विकास बैंक रहेको छ ।

मर्जरका कारण कुमारी बैंक लिमिटेड र नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड बाहेकका २० वटा वाणिज्य बैंकहरुले मात्र वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पौस मसान्तसम्ममा वाणिज्य बैंकहरुको चुक्ता पुँजी १४.७२ प्रतिशतले बढेर ३ खर्ब १० अर्ब ३६ करोड ९८ लाख २८ हजार रुपैयाँ पुगेको छ । त्यस्तै जगेडा कोष समग्रमा ३३.०९ प्रतिशतले बढेर १ खर्ब ९५ अर्ब ७ करोड १० लाख १६ हजार पुगेको छ ।  

सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकको यस यसअवधिमा नाफा ५६.६७ प्रतिशतले बढेर ३ अर्ब ४१ करोड ७६ लाख ९८ हजार रुपैयाँ पुगेको छ ।  खुद ब्याज आम्दानीमा पनि नबिल बैंक नै अगाडि रहेको छ जसको खुद ब्याज आम्दानी ८५.६३ प्रतिशतले बढेर ७ अर्ब ८३ करोड २९ लाख ५६ हजार रुपैयाँ पुगेको छ।

अर्कोतर्फ वितरणयोग्य नाफा र प्रतिसेयर आम्दानीमा भने एनआइसी एसिया बैंक अगाडी रहेको छ। यस अवधिसम्ममा एनआइसी एशियाको वितरणयोग्य नाफा ३३६.६४ प्रतिशतले बढेर ३ अर्ब ७५ करोड २४ लाख ५५ हजार रुपैयाँ पुगेको वित्तीय विवरण सार्वजनिक भएको छ । यस अवधिसम्म एनआइसी एशिया बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३४ पैसाले बढेर ५६ रुपैयाँ ७७ पैसा पुगेको छ । 

हेर्नुहोस् पौष मसान्तसम्म कुन बैंकको खुद नाफा,  प्रतिसेयर आम्दानी (EPS) कति ? कुन बैंकको कर्जामा कति छ अधिकतम ब्याजदर ?

बैंकको नाम

खुद नाफा

इपिएस

वेस रेट

प्रिमियम थप

कर्जाको अधिकतम ब्याजदर

निष्कृय कर्जा (खराब कर्जा)

नबिल बैंक लिमिटेड

३ अर्ब ४१ करोड ७६ लाख

२५.३३

१०.१०%

६%

१६.१०%

२.९८%

एनआइसी एशिया बैंक लिमिटेड

३ अर्ब २७ करोड ३३ लाख

५६.७७

११.०२%

६%

१७.०२%

०.६१%

ग्लोबल आइएमई बैंक लिमिटेड

२ अर्ब ७८ करोड २३ लाख

१८.०७

१०.८०%

६%

१६.८०%

२.९२%

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड

२ अर्ब ७१ करोड १८ लाख

९.२९%

६%

१५.२९%

२.०७%

एनएमबि बैंक लिमिटेड

१ अर्ब ९० करोड ११ लाख

२०.७

१०.६८%

६%

१६.६८%

२.२४%

स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड

१ अर्ब ७५ करोड ३६ लाख

३७.१९

९.६७%

 

९.६७%

०.७२%

एभरेष्ट बैंक लिमिटेड

१ अर्ब ५८ करोड ८० लाख

२९.६९

९.९७%

६%

१५.९७%

०.५५%

प्राइम कमर्सियल बैंक लिमिटेड

१ अर्ब ६५ करोड २० लाख

१७.०३

११.३४%

६%

१७.३४%

२.८१%

सानिमा बैंक लिमिटेड

१ अर्ब २८ करोड ५३ लाख

२०.६९

१०.८६%

६%

१६.८६%

०.७७

प्रभु बैंक लिमिटेड

१ अर्ब १९ करोड ९९ लाख

१०.१९

११.१४%

६%

१७.१४%

१.९८%

नेपाल एसबीआई बैंक लिमिटेड

१ अर्ब १७ करोड ७१ लाख

२३.९६

१०.७५%

६%

१६.७५%

०.४७%

नेपाल बैंक लिमिटेड

१ अर्ब १७ करोड ६ लाख

१५.९३

९.९०%

६%

१५.९०%

३.११%

सिद्धार्थ बैंक लिमिटेड

१ अर्ब १६ करोड ११ लाख

१६.५३

१०.९१%

६%

१६.९१%

२.८७%

लक्ष्मी बैंक लिमिटेड

१ अर्ब ७ करोड ७१ लाख

१८.६५

११.३७%

६%

१७.३७%

१.५६ %

माछापुच्छ्रे बैंक लिमिटेड

१ अर्ब २ करोड ५२ लाख

१९.९९

११.२३%

७.५%

१८.७३%

१.४१%

हिमालयन बैंक लिमिटेड

९५ करोड ४७ लाख

१३.६३

१०.८६%

५%

१५.८६%

३.७७%

सिटिजन्स बैंक इन्टरनेशनल  लि.

८४ करोड १३ लाख

१७.४५

११.३९%

६%

१७.३९%

२.९९%

सनराइज बैंक लिमिटेड

६५ करोड ३९ लाख

१२.९३

११.६२%

६%

१७.६२%

३.३६%

सिभिल बैंक लिमिटेड

६३ करोड ७० लाख

१४.०४

११.७३%

६%

१७.७३%

२.४१%

कृषि विकास बैंक लिमिटेड

(१२ करोड ८९ लाख घाटा)

 – ४.४३

११.०६%

५%

१६.०६%

४.५२%

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि. (updated)

२ अर्ब ८ करोड ६३ लाख

१५.६१

१०.५०%

६%

१६.५०%

३.७१%

कुमारी बैंक लिमिटेड (updated)

१ अर्ब ५३ करोड ७ लाख 

११.६७

११.७३%

६%

१७.७३%

३.१५%

Read More